एभिन्युजको केदार कोइरालामाथी उजुरीः टिआरपीकै लागि मानहानी गरेको आरोप ।

  • 9 महीना पहिले
  • 70 जनाले पढ़िसके

पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले हालको पत्रकारिताप्रति संवेदनशीलताको अभाव औल्याए ।

मुस्कान समाचार डेस्क । बैसाख २९, सिरहा  ।टिआरपीकै लागि मानहानी गरेको भन्दै एभीन्यूजमाथि प्रेस काउन्सिलमा पर्यो उजुरी

पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले हालको पत्रकारिताप्रति संवेदनशीलताको अभाव औल्याए ।एभीन्यूज टेलिभिजनमाथि नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ ।

झा ब्रदर्स मिडिया हाउस प्रालि सिरहाले एभीन्यूज उपर उजुरी गरेको हो । एभीन्यूजले मानहानी गरेको भन्दै उजुरी गरेको झा ब्रदर्स मिडिया हाउसले जनाएको छ ।

झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपकरण ल्याउन प्रेस लेखिएको गाडीसहित काठमाडौं गइरहेको विषयलाई मानहानी हुने तरिकाले एभीन्यूजले रिपोर्ट प्रशारण गरेको थियो ।

काठमाडौं जाने क्रममा काभ्रेपलाञ्चोकको सांगास्थित एभीन्यूजले गाडीमा प्रेससमेत लेखिएको भएपनि र सो गाडीमा सवार रहेका झा ब्रदर्सका अध्यक्ष सितल झाले रेडियोको लागि उपकरण ल्याउन गइरहेको बताउँदा समेत प्रेसको गाडीमा यात्रु ओसारपोसार गरिरहेको भनेर मानहानी गरेको झाले बताए ।

लकडाउनमा सामाजिक दुरीलाई दुष्टिगत गर्दै उनीहरु चारजना मात्रै सवार भएर काठमाडौंका लागि हुइँकिएका थिए । लामो दुरी भएकाले दुई जना चालक र अध्यक्ष झासहित रेडियोका लेखा गाडीमा सवार थिए ।

गाडी सांगामा जाममा परेपछि स्थलगत रिपोर्टिंगमा रहेका एभीन्यूजका केदार कोइरालाले यात्रु ओसारपोसार गरिरहेको भनी भिडियो लिएको र प्रेस प्रमाणपत्र देखाउँदासमेत भ्रामक रिपोर्ट प्रशारण गरेको झाको भनाई छ ।

सबै प्रमाण देखाउँदासमेत एभीन्यूजले टिआरपीकै लागि जबर्जस्ती मानहानी गरेको झाको आरोप छ । उनले प्रेस काउन्सिलमा उजुरी दिएको बताउँदै एभीन्यूजलाई कारवाही गर्न माग गरे । आवश्यक परे अदालतसम्म जाने पनि उनले बताए ।

लकडाउनमै अचानक ट्रान्समिटर बिग्रिँदा काठमाडौं जानैपर्ने बाध्यता परेपछि जिल्ला प्रशासन सिरहाबाट अनुमित लिएर गएको झा ब्रदर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत् प्रशारण भएको भ्रामक र तथ्यहिन सामाग्रीप्रति खेद समेत प्रकट गरिएको छ ।

यता, नेपाल पत्रकार महासंघ सिरहाका पूर्वध्यक्ष तथा हाल केन्द्रीय सदस्य रहेका देवकुमार यादवले पत्रकारबाटै पत्रकारमाथि यस्ता दुव्र्यवहार हुनु गलत भएको बताए । ‘एउटा पत्रकारले अर्को पत्रकारमाथि यस्तो गर्नु अत्यन्त दुःखद हो । सबैथोक बुझ्दा मलाई पनि दुःख लागेको छ,’ उनले भने ।

कसैको चरित्र हत्या गर्नु सञ्चारकर्मीको धर्म नरहेको भन्दै उनले हालको पत्रकारिताप्रति संवेदनशीलताको अभाव औल्याए । उनले यसको छानविन हुनुपर्ने माग पनि गरे ।

प्रतिकृया दिनुहोस