सिभिल बैंकद्वारा अपांग विद्यार्थीलाई शैक्षिक सामाग्री ।

  • 2 महीना पहिले
  • 484 जनाले पढ़िसके

मुस्कान न्यूज डेस्क, सिरहा । भदौ 23 गते । सिभिल बैंक गोलबजार शाखाले शिक्षा तथा साक्षरता दिवसको अवसरमा अपांग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकले बुधबार गोलबजारस्थित जनता नमूना माविमा एक कार्यक्रम आयोजना गरी अपांग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

जनता नमूना माविमा गोलबजारका ११ जना र जनता मावि ब्रह्मपुरीका ९ जना गरी जम्मा २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बैंकका शाखा प्रमुख अरुण महतोले जनाए ।

शैक्षिक सामाग्रीमा प्रति विद्यार्थीलाई एउटा ब्याग, ५ वटा कापी, ५ वटा कलम, ५ वटा पेन्सिल वितरण गरिएको उनले बताए । उनले बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता पनि गरे ।

प्रतिकृया दिनुहोस