सिरहा लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने–’म…द मधेसिया हानदिन्छु’

  • 6 महीना पहिले
  • 584 जनाले पढ़िसके

मुस्कान समाचार डेस्क, ३२ साउन, सिरहा ।

प्रदेश २ को सिरहा लहानका डिएसपी शरद थापा क्षेत्रीले एक व्यावासायीलाई कनचटमा पेस्तोल राखेर अभद्र गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।

लहानस्थित रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डिएसपी थापाले सिरहाको सखुवानान्कारकट्टि गाउँपालिका वडा नं. ४ बस्ने जगन्नाथ झालाई ईलेक्ट्रीक समान मुफ्तमा नदिएको निहुँमा कनचटमा पेस्तोल राखेर यातना दिएको आरोप लगाइएको छ ।

डिएसपी थापाले व्यावसायी झासँग पहिलेदेखि नै एस्सी, वासिँग मेसिन जस्ता समानहरु माग गर्दै आएको तथा आफू मुफ्तमा नदिएको कारण विभिन्न मुद्दा लगाएर फँसाउने प्रयास समेत गरेको आरोप लगाएका छन् ।

उनले भने–“साउन ५ गते नै ईन्सपेक्टर सुभास खतिवडाले फोन गरेर डिएसपी साबसँग भेटनको लागि भनेका थियो , तर मेरो आमा विरामी भएकोले म व्यस्त भए जान पाएनन् । त्यसपछि साउन ७ गते ईलाका प्रहरी कार्यालयमा जाँदा आफूबारे कुनै मुद्दा छ भनेर सोधेपछि केही थिएनन । त्यसपछि म घर फर्के र सोही दिनदेखि डिएसपीले मलाई फ्लोअप र निगरानीमा राख्यो ।”

उनले गत साउन १५ गते ईलाका प्रहरी कार्यालयमा नबोलाएर आफ्नो नीजि निवासमा बोलाएर डिएसपी थापाले कनचटमा पेस्तोल राखेर मा……द मधेसिया, के बुझछस आफूलाई रु तँलाई मैले बोलाउँदा सिडिओ कहाँ किन गईस रे रु साले, मुजी मधेसिया रु तलाई मेरो पावर थाहा छैन रु भन्दै करिब ४ घण्टासम्म बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।

समानहरु फ्रि मा नदिएको तथा डिएसपी थापाकै मित्र दोस्त लाग्ने सोही स्थान बस्ने सगेन चौधरीकी श्रीमति कँचन चौधरीको नाममा २० हजार रुपैयाँको चेक कटाउन लगाएको आरोप लगाएका छन् । उनले कनचटमा पेस्तोल तेर्साएर जबरदस्ती डर, त्रास देखाएर कागज समेत बनाउन लगाएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका हुन् ।

डिएसपी थापा, सगेन चौधरी, अनिल चौधरी र कँचन चौधरी विरुद्ध पीडित झाले अदालतमा मुद्दा हालेका छन् । त्यसअघि साउन १३ गते नै जिल्ला प्रशासन कार्यालय सिरहाका सिडिओ प्रदीपराज कणेललाई मौखिक रुपमा झाले वृतान्त सुनाएका थिए । सोही निहुँ पारेर साउन १५ गते डिएसपी थापाले आफू बोलाउँदा सिडिओ कहाँ गएको भन्दै मधेशीया सम्प्रदायिक गाली, समुदायिक तवरको गाली गरेको बताइएको छ ।

झाले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आफ्नो पुरानो थोत्रे गाडी लहानकै अनिल चौधरीको राईस मिल हाल गोडाउन को अगाडी राखिएको भन्दै भाडा मागेको र के को भाडा भन्दा गाडी राखिएको वापत भाडा मागेको बताइएको छ ।

सोही सन्दर्भमा उनले ईलाका प्रशासन कार्यालय लहानमा बुझ्न जाँदा कुनै प्रकारको भाडा तिर्न नपर्ने बताएपछि डिएसपी थापाले नाताको हिसाबले अनिल चौधरी र सगेन चौधरीको पक्षमा उभिएर आफूबाट बलपूर्वक भाडा स्वरुप २५ हजार रुपैयाँको कागज बनाउन लगाएको तथा २० हजार रुपैयाँको चेक समेत बनाउन लगाएको आरोप लगाएका छन् ।

डिएसपी थापाले आफ्नै निवासमा बोलाएर अनिल चौधरी, सगेन चौधरी, कँचन चौधरीलाई समेत बोलाएर करिब ४ घण्टा आफूलाई बन्धक बनाएर बन्दुकको नालमा बलपूर्वक तमसुक बनाउन लगाएको बताएका छन् । उनले काटिएको २० हजारको चेक समेत भोलीपल्टै रोक्का गराएको बताएका छन् ।

डिएसी सरद थापाले मधेसिया भन्दै गाली गलौच सहित आफ्नो पदको पावर प्रदर्शन गर्न खोजी बिना कारण आफूलाई फँसाउने प्रयास सहित जहाँ देखे गोली हान दिने भनेर भनक भएको भन्दै अदालत र स्थानीय सरोकारबाला सँग जीउ ज्यानको रक्षाको माग गरेको बताएका छन् ।

उनले भने–“उनले भनेका छन्, जहाँ देख्छु त्यही गोली हान दिन्छु मुजी मधेसियालाई । सोही डरले म रातारात गाउँबाट भागेको छु । मिडियामा गए पनि मारदिने, कसैलाई भनेपनि पुरै परिवारलाई सखाप पारिदिने भन्दै धम्की दिएपछि म त्रासमा छु । मलाई बचाउनुहोस् ।”

डिएसपी थापाले अहिले आफूसँग ६ पोका गाँजा रहेको र ४ पोका आफ्नो गाडीमा हालेर लागू औषधमै फँसाईदिनेसम्म भनेको बताएका छन् । उनले भने,–“उनको निवासमा जाने वित्तिकै मास्क खोलाएर मेरो मोबाईल समेत जफत गरे । कसैसँग सम्पर्क गर्न दिएनन् । कनचट कनपट्टा मा पेस्तोल राखेर उनले आफैले कागज लेखेर मसँग हस्ताक्षर गराएका छन् ।”

यसबारे, डिएसपी थापासँग सोध्दा उनले प्रमाण देखाउन प्रतिक्रिया दिएका छन् । तपाईले एक सर्वसाधारणलाई यातना दिएको भन्ने सन्दर्भमा उनले “यातनाको अर्थ थाहा छ रु” भनेर उल्टै प्रश्न गरेका थिए ।

जग्न्नाथ झाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले एक बैठकको व्यवस्तता देखाउँदै फोन काटेका थिए ।

यता, डिएसपी थापाले भने झालाई साउन १३ गते १ मिनेट १० सेकेन्ड फोन गरेको कल डिटेल समेत देखिएको छ । तर, उनले झालाई नचिनेको भनेर

प्रतिकृया दिनुहोस